इन्सेकको कोर कार्यक्रम २०१६–२०१९ मा सञ्चालन गरिने कार्यक्रमको लागि छानिएका सात ओटा जिल्लामा आधारभूत सर्भेक्षण गर्न इन्सेककर्मीलाई अभिमूखीकरण गरिएको छ ।
सात ओटा प्रदेशका २५ ओटा जिल्लामा सञ्चालन गरिने उक्त कार्यक्रमको आधारभूत सर्भेक्षण भने छानिएका सात ओटा जिल्लाका दुई÷दुई ओटा गाविसमा मात्रै गरिने बताइएको छ ।

मानव अधिकार अनुगमन, मानव अधिकार सचेतना, मानव अधिकार जनवकालतलगायतका कार्यक्रमहरू छानिएका जिल्लामा सञ्चालन गरिने छ ।
भदौ ३० र ३१ गते इन्सेक केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित उक्त अभिमूखीकरणमा डा. पद्मप्रसाद खतिवडा, दिनेश खनाल र सुशील चौधरीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा इन्सेकका पाँच ओटै क्षेत्रीय कार्यालयमा कार्यरत फोकल पर्सन, सर्भेक्षण गरिने जिल्लाका जिल्ला प्रतिनिधिलगायत १६ जनाको सहभागिता रहेको थियो ।