INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पथरी शनिश्चरे नपा–९ का  २१ वर्षीय राजकुमार माझी र सोही नपा–१ का २२ वर्षीय मनोज राईलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २३ गते सामूहिक बलात्कार गरेको पीडितका आफन्तले आरोप लगाएका छन् ।

पीडित बालिका रातभर परिवारको सम्पर्क बाहिर रहेकी र भोलिपल्ट घर आएपछि घटना खुलेको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २४ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा गरिएको छ ।

अन्य

भिडियो