INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापकलाई हातपात गरेको आरोपमा तीनजना शिक्षक गिरफ्तार

वेशीसहर नपा–७ स्थित जनविकास उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक ४५ वर्षीय रत्नमान श्रेष्ठलाई कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले सोही विद्यालयका शिक्षक ३३ वर्षीय दिपेन्द्र रावल, ४१ वर्षीय शिवराज अधिकारी र ४२ वर्षीय बद्रीप्रसाद पौडेललाई असोज २४ गते गिरफ्तार गरेको छ ।

विद्यालयका करार शिक्षक दिपेन्द्र रावलको सेवा सुविधाका बारेमा विवाद हुँदा असोज २३ गते आफूमाथि कुटपिट भएको प्र्रधानाध्यापक श्रेष्ठको आरोप छ ।

शिक्षक रावलसँग विवाद हुँदैगर्दा अन्य दुईजना शिक्षक समेत आएर आफूमाथि कुटपिट गरेको पीडितले बताए ।

घटनापछि गिरफ्तार गरिएका आरोपित शिक्षकहरूलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिएका छन् ।

अन्य

भिडियो