इस्मा गाउँपालिका–६ अम्मरपुरकी ५० वर्षीया बिनी मुखियालाई ६० वर्षीय भुवनबहादुर मुखियाले असोज २४ गते निर्घात कुटपिट गरेको आरोपमा पीडितले पतिविरूद्ध उजुरी दिकी छन् ।
कुटपिटबाट घाइते भएकी बिनीको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको र आरोपितलाई असोज २४ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पठाइएको धनार्जी प्रहरी चौकीका असई नरबहादुर खडकाले बताए ।
आरोपितले मदिरा सेवन गरी कुटपिट गर्दा पीडित महिलाको मुख, टाउको र घाँटीमा चोट लागेको र शरीरमा निल डाम रहेको असई खडकाले बताए ।
पीडितका छोरा शिव कुमालले आफू काममा गएको बेला आमालाई कुटपिट गरेको बताउँदै यसअघि पनि पटकपटक कुटपिट गर्ने गरेको बताए ।