१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते गिरफ्तार गरेको छ ।
बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दिएपछि पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थीले बताए ।
आमाको मृत्यु भएदेखि बुवाले बलात्कार गर्दै आएकाले घर छाडेर दाङस्थित आफन्तको घरमा पुगेर घटनाको जानकारी दिएपछि पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी गर्न सघाएका थिए ।
पीडित बालिकाका आफन्तले रोल्पा जिल्लाका महिला अधिकारकर्मीहरूलाई घटनाबारे जानकारी गराए पश्चात महिला अधिकारकर्मीहरूको सहयोगमा बालिकालाई उजुरी दिन लगाइएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतल रेउघामा असोज २३ गते गरिएको प्रहरीले जनाएको छ ।