पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई असोज १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले जोशीलाई हत्या अभियोगमा २० वर्ष र बलात्कार गरेको अभियोगमा थप आठ वर्ष गरी २८ वर्षको कैद फैसला सुनाएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार भिमप्रसाद भुसालले बताए ।
डम्बरा भट्टलाई पुरचौडी नगरपालिका–१ हाट स्थित डेरागरी बसेको कोठामा बोलाएर जोशीले ०७४ फागुन १७ गते बलात्कार गरी हत्या गरेका थिए ।
घटना भएको भोलिपल्ट डम्बराको शव आरोपित जोशीको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
पीडित पक्षले जोशीविरूद्ध ०७४ फागुन १८ गते मुद्दा दर्ता गराएका थिए । जोशी अहिले जिल्ला कारागार बैतडीमा छन् ।