६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई असोज १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाकी आमाले घटनाका सम्बन्धमा असोज १९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।