INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक बिरामी ६३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नपा–८ का ६८ वर्षीय शेरबहादुर मगरलाई असोज १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितलाई समातेर सोही दिन प्रहरीको जिम्मा लगाएको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले बताइन् ।

उपमेयर पराजुलीले घटनापछि आफैँ घटनास्थलमा गएर घटनाको बारेमा जानकारी लिएको र बलात्कार प्रयासमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको बताइन् ।

अन्य

भिडियो