१३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले असोज १६ गते सगरमाथा टेलिभिजनका कञ्चनपुर सम्वाददाता चन्द्र जोशीमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गरेको भिडियो डिलिट गर्न भन्दै आन्दोलनकारीले आएसटिएस टेलिभिजनको क्यामेरासमेत तोडफोड गरेका हुन् ।
बन्दकर्ताद्वारा सरकारी गाडी तोडफोड गर्ने क्रममा भिडियो खिचिरहेका बेला आफूलाई उक्त भिडियो हटाउन भन्दै कुटपिट गरेको पत्रकार जोशीले बताए ।
सरकारी वकिल कार्यालयमा तोडफोडको फोटो खिचिरहेका एसटिएस एवम् सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रकान्त जोशीमाथि समेत आन्दोलनकारीले कुटपिट गर्नुका साथै उनको क्यामेरासमेत तोडफोड गरेका छन् ।
कार्यालयमा तोडफोड गर्न लागेको फोटो किन खिचेको भन्दै आन्दोलनकारीले आफूमाथि अभद्र व्यवहार गर्नुका साथै कुटपिट र क्यामेरा खोसेर तोडफोड गरेको पीडित जोशीले बताए ।
समाचार सङ्कलन गर्न गएका पत्रकार जोशीमाथि हातपात र क्यामेरा तोडफोड गरेको भन्दै कञ्चनपुरका पत्रकारले आन्दोलनकारीहरूले गरेको घटनाप्रति आपत्ति जनाउनुका साथै घटनाको भत्सर्ना गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाका अध्यक्ष विष्णुदत्त अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि दुर्व्यवहार गर्नु र क्यामेरा तोडफोड गर्नु प्रेस र प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै दोषीलाई कारवाही गर्न प्रशासनसमक्ष माग गरेका छन् ।