INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकाद्वारा द्वन्द्व पीडितहरूलाई सम्मान

सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका, हत्या गरिएका, यातना पाएका व्यक्ति र परिवारलाई असोज १५ गते राजापुर नगरपालिकाले सम्मान गरेको छ ।

Photo20181003Bardiya (2)

नगरपालिकाका मेयर शिवप्रसाद थारुले पीडित परिवारलाई बेपत्ता र मृतकको फोटो तथा सम्मान पत्र र यातना पीडितलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए  ।

कार्यक्रममा मेयर थारुले सशस्त्र द्वन्द्वको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित भएका व्यक्ति र उनीहरूका परिवारले आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाजबाट भोग्नु परिरहेको बताउँदै समस्या समाधानका लागि नगरपालिकाले पीडित परिवारहरूसँग सहकार्य गर्ने र योजना बनाएर काम गरिरहेको बताए ।

द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले स्थानीय सरकारले सशस्त्र द्वन्द्वका पीडितलाई स्वीकार गरी सम्मान गर्नु खुसीको कुरा भएको बताउँदै उनीहरूको समस्या समाधानका लागि योजना बनाएर अगाडि बढ्ने अपेक्षा गरेको बताए ।

Photo20181003Bardiya (1)

स्थानीय शान्ति समिति बर्दियाको तथ्याङ्क अनुसार २ सय ६९ जना बेपत्ता, ४ सय ५ जनाको हत्या, १ सय २४ जना यातना पीडित रहेका छन् ।  जसमध्ये राजापुर नगरपालिकामा २९ जना बेपत्ता पारिएका, ७२ जनाको हत्या गरिएको र ३४ जना यातनापीडित रहेका छन् ।

सशस्त्र द्वन्द्वमा राज्य पक्षबाट बुवा गुमाएकी राजापुर नपा–४ की १४ वर्षीया डोस्नी थारूले ‘स्थानीय तहले पीडितलाई गरेको सम्मानले आत्मविश्वास बढेको र गर्व लागेको बताइन् ।

अन्य

भिडियो