INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी विषयको विवादमा स्थानीयद्वारा वडाध्यक्षमाथि हातपात

त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चिमका वडा अध्यक्ष ३५ वर्षीय शोभाराम बोहरामाथि हातपात भएको छ । असोज १२ गते बिहान त्रिवेणी गाउँपालिका–२ का ४२ वर्षीय खेलबहादुर बुढाथोकी र ४३ वर्षीय टोपबहादुर घर्तीले आफूमाथि हातपात गरेको पीडित बोहराले बताए ।
बाँदरपानी खानेपानी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाथोकी र स्थानीय घर्तीले बिहान ७ बजेतिर चिया पिउँदै गर्दा सिम्रुतु स्थित चन्द होटेलमा कुटपिट गरेको बोहराले आरोप लगाए ।

त्रिवेणी गाउँपालिका–२ बेतखोलामा रोल्पा कागढलेदेखि आउने खानेपानी पाइपलाइन अवरूद्ध भएको विषयमा विवाद भएपछि हातपात भएको जनाइएको छ ।

उक्त खानेपानी पाइप काटिएपछि पीडित उपभोक्ताले पटकपटक खानेपानीको पाइप जोडिदिन र पाइप काट्नेलाई कारबाही गर्न माग गर्दै आएका थिए । असोज ५ गते वडा कार्यालयमा ३६ घरपरिवारले लिखित निवेदनसहित वडा कार्यालय घेराउ घरेको र सोही आधारमा पाइपलाईन जोडिदिन समितिलाई वडाबाट पत्राचार गरेपछि समितिका अध्यक्षलगायतले वडा अध्यक्षमाथि रिसइबी साँधेको उनको आरोप छ ।

आफूमाथि हातपात भएपछि आफ्नो ज्यान सुरक्षा गरिपाउँ भन्दै असोज १२ गते इलाका प्रहरी कार्यालय सिम्रुतुमा उजुरी दिइसकेको पीडितले बताए ।

अन्य

भिडियो