२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ६ गते बेलुकी बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले असोज ९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ९ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।