INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–३२ सुकुमबासी बस्तीकी ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति यानबहादुर गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । आरोपितले असोज १० गते राति पत्नीको हत्या गरेको आरोपमा गुरुङलाई प्रहरीले गिरफ्तार गरेको हो ।

घटनापछि भाग्न खोजेका आरोपित गुरुङलाई गगनगौँडाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान गरिरहेको डिएसपी गुरुङले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्य

भिडियो