रौतहटको श्रीपुरमा रहेको ढोरानदीको किनारमा शव जलाउने क्रममा गाउँलेको दुई पक्षबिच विवाद हुँदा असोज १० गते दिउँसो प्रहरीले गोली चलाउनु परेको छ ।
रौतहटको गरुडा नपा–९ स्थित श्रीपुरका ६५ वर्षीय रामप्रित सहनीको मृत्यु भइ शव जलाउने क्रममा विवाद भएको हो ।
दुवैपक्ष बिच झडप हुँदा प्रहरीले ३२ राउण्ड भन्दा बढी हवाइ फायर र २९ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
झपडमा केही स्थानीय घाइते भएका छन् । झडपमा असई विश्वनाथ यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
केही दिन अघि पनि सोही स्थानमा शव जलाउने क्रममा विवाद हुँदा जनप्रतिनिधि, स्थानीय प्रशासन र स्थानियबासीबिच छलफल भइ शव अन्यत्र जलाउने सहमति भएको थियो ।