INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय र १६ वर्षीय बालकलाई  असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले असोज ६ गते बलात्कार गरेको आरोपमा उजुरी आएपछि आरोपितद्वयलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।

अन्य

भिडियो