INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर नखुलेक उनका सहयोगीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते उजुरी दर्ता गरेको छ ।

पीडितका बुवाले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

पीडित युवतीलाई आरोपितले गत असार १ गते ललाईफकाई प्रलोभनमा पारी अर्का एक साथीको सहयोगमा मोटरासाइकलमा चढाई घरबाटै अपहरण गरी शरीर बन्धक बनाएको पीडितका बुवाले बताए । आरोपित र पीडित बालिका हालसम्म फेला परेका छैनन् ।

अन्य

भिडियो