INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारका सदस्यबाट कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीमा उजुरी

विष्णपुर गाउँपालिका–३ मुसहर्नियाकी २६ वर्षीया बिनितादेवी मण्डललाई सोही ठाउँ बस्ने उनका २३ वर्षीय देवर भरत मण्डल, भरतकी पत्नी २१ वर्षीया मधुदेवी मण्डल र ५५ वर्षीया सासू इनरदेवी मण्डलले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडितले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दिएकी छिन् ।

पतिले विदेशबाट पठाइदिने रकम माग्दै आरोपितहरूले कपाल घिस्याउँदै लाठी र फलामको रडले कुटपिट गरेको पीडितले बताइन् । फलामको रडले लागेर उनको टाउको तथा आँखामुनी गम्भीर चोट लागेको छ ।

चार वर्षीया छोरासँग घरमा बसेकी पीडितका पति शिवनारायण मण्डल दुई वर्षदेखि वैदेशिक रोजगारका लागि मलेशियामा छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराइरहेकी पीडितको घाउजाँचका लागि अस्पतालमा असोज ५ गते पत्राचार गरिएको इन्स्पेक्टर सुजाता तुम्वाहाम्फेले बताइन् । पीडितको उजुरी दर्ता गरी आरोपितहरूको खोजीकार्य सुरू गरिएको इन्स्पेक्टर तुम्वाहाम्फेले बताइन् ।

अन्य

भिडियो