INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति दिवसमा द्वन्द्वपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा इन्सेकलगायत मानव अधिकार सञ्जाल दाङले द्वन्द्वपीडितका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

असोज ५ गते घोराही उमनपा–३ बेलुवा बञ्जाडीस्थित द्वन्द्वपीडितहरूकै घरमा पुगेर १२ जना द्वन्द्वपीडित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

०५९ मङ्सिर १८ गते पेन्ड्या पर्व मनाइरहेका बेला बेलुवाका नौ जना युवाहरूलाई तत्कालिन विद्रोही माओवादीको नाममा सेनाले गोली हानी हत्या गरेको थियो ।

द्वन्द्वपीडितका बालबालिकाहरूलाई पठनपाठनमा सहज बनाउन कापी र कलम वितरण गरिएको हो । शैक्षिक सामग्री वितरण पीडितहरूको मनमा शान्ति स्थापित गर्ने माध्यम भएको मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले बताए । द्वन्द्वपीडित सुनीता चौधरीले पीडितहरूको समस्यामा सहयोग गरेकोमा धन्यवाद दिइन् ।

अन्य

भिडियो