INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सोको आरोपमा बृद्धमाथि निर्घात कुटपिट, आरोपित गिरफ्तार

धनगढी उमनपा–१६ रामपुरका ७० वर्षीय बृद्ध जोखन चौधरीलाई ‘बोक्सो’ भन्दै असोज २ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय भिखु चौधरीलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई खेतको धान बिगारेको आरोप लगाउँदै स्थानीय खोलाको पानीमा डुबाएर कुटपिट गरेको पीडितका छोरा पदम चौधरीले आरोप लगाए ।

उनले गाउँको घटना हो भन्दै मिलापत्र गराउन चौतर्फी दबाब आइरहेता पनि आरोपितले पटकपटक गाउँलेहरूलाई दुःख दिने कार्य गर्दै आएकोले मिलापत्र नगर्ने बताए । उनले कानुन बमोजिम आरोपितलाई कारबाही गर्नुपर्नेे माग राखेका छन् ।

कुटपिटका कारण पीडितको टाउको, मुख, घाँटी र ढाडमा चोट लागेको भन्दै पीडितका छोरा पदम चौधरीले असोज ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेपछि आरोपित चौधरीलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरि ओलीले बताए । पीडितको स्वास्थ्य उपचार असोज ३ गते सेती अञ्चल अस्पताल, धनगढीमा भएको छ ।

अन्य

भिडियो