देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत जनप्रतिनिहरू असोज ३ गते जनकपुरमा विरोध र्यालीमा सहभागि भएका छन् ।
केन्द्र सरकारले राजधानी काठमाडौँमा साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी(राजपा) कै नेता संविधान दिवसको विरोधमा उत्रिएका हुन् ।
जनकपुरमा असोज ३ गते दिउँसो राजपाका नेता तथा कार्यकर्ताहरूले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरे । राजपाले साँझ ७ बजेदेखि सवा सात बजेसम्म १५ मिनेटसम्म ब्ल्याक आउटसमेत गरेको छ ।


