INSEC Online

📅 २०८३ जेष्ठ २१

आँबुखैरेनीबाट ६ जना बाल श्रमिकको उद्धार

राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ ।

जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख रमा अधिकारीको नेतृत्वमा समितिका कर्मचारी, आँबुखैरेनी नगरपालिका, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँ उद्योग बाणिज्य सङ्घ आँबुखैरेनी इकाईलगायतको संलग्नतामा ती बालश्रमिकको उद्धार गरिएको जिल्ला बालकल्याण समितिका अधिकृत सन्तोष गोदारले जानकारी दिए ।

उद्धार गरिएकामा तीन जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरू मध्ये चार जना होटलबाट, एक जना मोटर ग्यारेजबाट र एक जनालाई व्यक्तिको घरबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरू १२ वर्षेखि १६ वर्षउमेर समूहका छन् । उद्धार गरिएकाहरु सबै बाल श्रमिकलाई तत्कालको लागि आँबुखैरेनीमा रहेको बालगृहमा राखिएको छ । ती बालबालिकाको अविभावकको पहिचान गरी अविभावक लिन आउनेलाई उनीहरूसँगै पठाउने र अविभावक नभएका बालबालिकालाई बालगृहकै संरक्षणमा राखिने महिला तथा बालबालिका कार्यालयकी प्रमुख अधिकारीले बताइन् ।

अन्य

भिडियो