अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ‘नागरिक सङ्गठन र सुशासनका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम असोज २ गते काठमाडौँमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले आफ्नो स्थापनाकालदेखि नै संस्था भित्र सुशासनका सवालहरू उठाउँदै आएको छ र अहिले पनि मानव अधिकारमैत्री कानुन निर्माणको लागि सबै प्रदेशहरूमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
सो कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका कार्यकारी निर्देशक दयासागर श्रेष्ठले नागरिक सङ्गठन र सुशासनका बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा परियोजना सञ्चालित भूकम्प अति प्रभावित १४ जिल्लाका गैसस महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरू एवम् ति जिल्लाहरूमा क्रियाशील अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।