INSEC Online

📅 २०८३ श्रावण ६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–५ की ५४ वर्षीया लक्ष्मी कुमालको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले ५५ वर्षीय पति हेमराज कुमाललाई भदौ ३१ गते गिरफ्तार गरेको छ । हत्यापछि फरार रहेका आरोपितलाई लुकेर बसेको अवस्थामा धर्नाबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको हो ।

मदिरा सेवन गरेका हेमराजले भदौ २३ गते घरयासी विवाद हुँदा चिरपटले हिर्काउँदा टाउकोमा गम्भीर चोट लागेर लक्ष्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णहरी शर्माले बताए । शवको पोष्टमार्टम भदौ २४ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो