INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका–६ घाराका १८ वर्षीय अर्जुन रत्ना र नविन परियारलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले सोही दिन प्रहरीमा दिएको जानकारीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर लोकबहादुर गुरुङले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

अन्य

भिडियो