INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरिएको छ ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

पीडितलाई आरोपितले भदौ ६ गते ललाईफकाई अपहरण गरी शरीर बन्धक बनाएको पीडितकी आमाले आरोप लगाएकी छन् ।

आरोपित सतारकी २१ वर्षीया जेठी पत्नी मनिषा खातुनले उनका पति सतारले भदौ ६ गते २१ वर्षीया मदिना खातुनसँग बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते बहुविवाहको उजुरी दर्ता गराएकी छिन् ।

अन्य

भिडियो