सन्धिखर्क नपा–२ की ४८ वर्षीया जनका दर्जीलाई ५० वर्षीय पति सेते दर्जीले भदौ ३१ गते बन्चरो प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।
घरायसी विवादमा पीडित महिलालाई आरोपितले बन्चरो प्रहार गर्दा घाइते भएकी जनकाको जिल्लामा उपचार सम्भव नभएपछि असोज १ गते बुटवल पठाइएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए ।
घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हाल आरोपितले पत्नीको उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए । थापाले प्रहरीमा उजुरी आएपछि कानुनी प्रक्रिया अगाडि बढाइने बताए । अहिलेसम्म पीडित पक्षबाट प्रहरीमा उजुरी परेको छैन ।