INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्चरो प्रहार गरी पत्नीको हत्या

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले हत्या गरेको प्रहरीले जनाएको छ ।

भदौ २९ गते राति पतिपत्नी बिच विवाद भएपछि चन्द्रबहादुरले विमलाको टाउकोमा बन्चरोले प्रहार गर्दा घरभित्रै उनको मृत्यु भएको जनाइएको छ ।

शवको पोष्टमार्टम गर्नका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । घट्नापछि फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए ।

अन्य

भिडियो