४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ का ३७ वर्षीय विनोद केसीलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा भदौ ३० गते गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर गुरुङले बताए ।