INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामी मर्कामा

जुगल गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा सिटामोल समेत नहुँदा बिरामीहरू मार्कामा परेका छन् ।

जिल्लाकै विकट मानिने सो स्वास्थ्य चौकीमा विगत एक महिनादेखि औषधिको अभाव रहेको जुगल गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश शाहले बताए ।

शाहको भनाइ अनुसार नयाँ आर्थिक वर्ष शुरू भएपछि औषधि खरिद गर्न निकासा नभएको र भौगोलिक विकटताको कारणले औषधि पु¥याउन नसकिएको हो ।

बिरामीहरू स्वास्थ्य चौकीमा जाँदा सिटामोल समेतका औषधि नभएपछि दुई घण्टाको बाटो हिँडेर कात्तिके बजारमा पुगेर उपचार गर्न बाध्य भएको स्थानीय लक्ष्मण दोङले बताए ।

स्वास्थ्य चौकीमा औषधिको अभाव हुन नदिन गाउँपालिकाले निकै प्रयास गर्दागर्दै पनि विभिन्न प्राविधिक समस्या र भौगोलिक विकटताले केही समय औषधिको अभाव भएपनि यो समस्यालाई तत्काल समाधान गरिने जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।

अन्य

भिडियो