INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–८ का २४ वर्षीय बुद्धि केरूङविरूद्ध आठ वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश मनोज केसीको इजलासले सो फैसला सुनाएको अदालतका सूचना अधिकार मोहन जवेगूले बताए ।

बालिकालाई ०६३ मङ्सिर २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २१ गते प्रहरीमा उजुरी दिए लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अघि बढाएको थियो । जिल्ला अदालतको आदेशमा ०७३ पुस ६ देखि केरूङ पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो