१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–१३ की ६५ वर्षीय गोविन्द सुनारलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले भदौ २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छैन ।