INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला जनकपुरमा सुरू

प्रदेश २ को राजधानी जनकपुरधाममा मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला सुरू गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ को आयोजनामा जिल्ला प्रतिनिधिहरूका लागि मानव अधिकार अनुगमन तथा अभिलेखिकरणसम्बन्धी कार्यशाला भदौ २० गते गतेबाट सुरू गरिएको हो ।

तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजय राज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तक, इन्सेक अनलाइन, मानव अधिकार शिक्षा, विभिन्न तालिमहरू, क्षमता अभिवृद्धि तालिमलगायत कामहरू गर्दै आएको बताए ।

इन्सेकले यी कामहरू गर्नुको साथै संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदमा नेपालको मानव अधिकारका सवालहरू उठाउने गरेको बताए । जिल्ला जिल्लामा भएको मानव अधिकारका घटनाहरूलाई अभिलेखिकरण तथा त्यस्ता घटनाहरूको समाचार इन्सेक अनलाइनमा प्रकाशन गरी पीडितको पक्षमा वकालत गर्ने गरेको उनले बताए ।

प्रदेश २ का संयोजक राजु पासवानले पीडितमूखी अभिलेखिकरण गर्नुपर्ने बताए । उनले भने–‘ती घटनाहरू तथ्यमा आधारित हुनुपर्छ ।’

कार्यशालामा प्रदेश १ का संयोजक सोमराज थापा, ३ का कृष्ण गौतम, गण्डकी प्रदेशका शिव खकुरेल, प्रदेश ५ भोला महत, कर्णाली प्रदेशका नारायण सुवेदी र प्रदेश ७ का खडकराज जोशी, प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेल, इन्सेक अनलाइनका समाचार सम्पादक रमेशप्रसाद तिमल्सिना, तथ्याङ्क अधिकृत अनुज केसीलगायतले सहजीकरण गर्ने जनाइएको छ ।

अन्य

भिडियो