INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखनविरूद्ध एक हुनुपर्नेमा सहभागीहरूको जोड

मानव बेचबिखनविरूद्ध सबै पक्ष एक भएमात्रै समस्या समाधान हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार विरूद्घको १२ औँ राष्ट्रिय दिवसको अवसरमा इन्सेक स्याङ्जाको सहयोग र वालिङ नगरपालिकाको आयोजनामा वालिङमा भदौ २० गते गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसार कार्य चुनौतिपूर्ण विषय भएकोले यसमा सबै सचेत हुनुपर्ने भनाई राखेका थिए ।

वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले स्थानीय तह मानव अधिकारको रक्षाको लागि प्रतिबद्घ रहेको बताउँदै नगरलाई मानव अधिकारमैत्री नगर बनाउने अभियानमा आपूmहरू रहेकोमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरिन् ।

विभिन्न बहानामा मानव बेचबिखन हुने गरे पनि सर्वसाधारण नागरिकलाई यस विषयमा शिक्षा तथा चासो नहँुदा बैदेशिक रोजगारलगायतका विभिन्न नाममा यो कार्य झन् मौलाउने भएकोले यस विषयमा सबैले खबरदारी गर्नुपर्ने र यो एक सचेत नागरिकको कर्तव्य समेत भएको वडा प्रहरी कार्यालय वालिङका सई युवराज चन्दले बताए ।

मिडिएसन नेपालका प्रशिक्षक महेन्द्र प्रसाईले इन्सेकले स्याङ्जा जिल्लाका स्थानीय तहसँग मिलेर मानव अधिकारका क्षेत्रमा कार्य गरेकोमा धन्यवाद दिँदै मानव बेचबिखन रोकथाम गर्न ग्रामिण तहसम्म स्थानीयलाई शिक्षा दिनुपर्ने भनाई राखेका थिए ।

इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले अशिक्षा र गरिबीका कारण मानव तस्करहरूले बेचबिखनको घटना बढाइरहेकोतर्फ सबै सचेत हुनुपर्ने बताए ।

अन्य

भिडियो