मल्लरानी गाँउपालिका–२ की आठ वर्षीया बालिका वर्षा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा बसन्त केसीलाई गिरफ्तार गरेको छ ।
अमर मावि चुजामा अध्यापन गराउने शिक्षक केसीले भदौ ७ गते सोही विद्यालयकी कक्षा दुईमा अध्ययन गर्ने घर्तीलाई चक्कु देखाएर यातना दिनुका साथै गलामा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित छात्रालाई आरोपित शिक्षकले भदौ ७ गते गृहकार्य नगरेको तथा कक्षामा राम्रोसँग नपढेको भन्दै चक्कु निकाली छात्राको गलामा चक्कुको धारिलो भागबाट दबाउँदा छात्रा घाइते भएको जनाइएको छ ।
घाइते छात्रालाई घटनाको भोलिपल्ट उपचारका लागि शिक्षक आफैँले जिल्ला अस्पताल बिजुवारमा लगेपनि थप उपचारको लागि भैरहवा मेडिकल कजेल रूपन्देहीमा लागि उपचार गरी बालिकाको स्वास्थ्य ठिक हुँदै आएकाले भदौ १६ गते जिल्ला आएको र घटनालाई ढाकछोप गर्ने कोसिस गरेकाले घटना पहिले भएपनि थाहा नभएको र सूचना ढिलो आए पनि आरोपित शिक्षकविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।
आरोपित शिक्षकले विद्यालयका अन्य बालबालिकालाई पनि त्यस्तै व्यवहार गरेको र एक जना मात्र घाइते भएकाले अरोपितलाई घटनाको सत्यतथ्य पत्ता लगाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बन्दीनाथ गैरैले बताए ।