३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–५ मनकामनाका ४८ वर्षीय बुद्धिबहादुर तामाङलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा भदौ १३ गते गरिएको छ ।