अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २२ औँ साधारणसभा भदौ १४ गते काठमाडौँमा सम्पन्न गरिएको छ ।
साधारणसभामा संस्थाका महासचिव रमेशचन्द्र पौडेलले पेश गरेका प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता बरालले पेश गरेकी आर्थिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको अध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए ।
साधारणसभामा संस्थाद्वारा सम्पादन गरिएका वर्षभरिका गतिविधिका सम्बन्धमा समीक्षा गर्दै केही समसामयिक विषयमा छलफल गरिएको थियो ।