६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले भारत रायबरेलीघर भई कोहलपुर नपा-३ बस्ने १९ वर्षीय हारून खानलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाको परिवारले बालिकाको गुप्ताङ्गबाट रगत आएको देखेपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको आरोप लगाएर उजुरी इलाका प्रहरी कार्यालयका डिएसपी रमेशबहादुर सिंहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोहलपुर मेडिकल कलेजमा भदौ १२ गते गरिएको प्रहरीले जनायो ।