INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्षीया बालिकाको अपहरण, आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले भारत आसाम घर भई झापा दमक नगरपालिका-८ मा अस्थायी बसोवास गर्ने ३१ वर्षीय गोपाल कार्कीलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

उर्लावारी नगरपालिका-६ की चार वर्षीया बालिका कृतिका घिमिरेलाई घरमा साथीहरूसँग खेल्दै गरेको अवस्थामा भदौ ११ गते साँझ कार्कीले अपहरण गरेको पीडित पक्षको आरोप छ ।

खेल्दै गरेका साथीहरुले नचिनेको मान्छेले कृतिकालाई लगेको सूचना दिएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अपहरणको केही समयमै स्थानीयले कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।  कार्कीलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान थापाले जानकारी दिए ।

अन्य

भिडियो