INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र पत्रकार महासङ्घको पहलमा बालबालिकालाई आर्थिक सहयोग

बुढिगङ्गा नगरपालिका-१० का साहाराविहीन दुई जना बालकलाई आर्थिक सहयोग गरेको छ । मङ्गल नेपालीका दुई छोरा १२ वर्षीय अनिल नेपाली र १० वर्षीय अरुण नेपाली साहाराविहीन बनेको विषयमा जिल्लाका सरोकारवालाहरूसँग छलफल र समन्वय गर्दै विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशन गरेपछि आर्थिक सहयोगको वातावरण बनेको हो । समाचार प्रकाशनसँगै इन्सेक प्रतिनिधिले आर्थिक सहयोगका लागि पहल थालेका थिए ।

Photo20180823Bajura

यसै सन्दर्भमा समचार प्रकाशित भएपछि नेपाल निजामति कर्मचारी सङ्गठनले रकम सङ्कलन गरी पीडित बालबालिकालाई हस्तान्तरण गरेका छन् । संगठनले सङ्कलन गरेको ८५ हजार २ सय १५ रुपियाँ प्रमुख जिल्ला अधिकारी चेतराज बरालमार्फत चेक हस्तान्तरण गरेको हो ।

वडा नम्बर १० अध्यक्ष धर्मराज जैशीको रोहबरमा पीडित बालबालिकालाई हस्तान्तरण गरेको नेपाल निजामति कर्मचारी सङ्गठनका सदस्य महादेव पन्तले बताएका छन् ।

नेपाल निजामति कर्मचारी सङ्गठनले बिच्चली भएको समचार प्रकाशित भएपछि आर्थिक सङ्कलन अभियान कर्मचारी र व्यापारीबाट गरेको थियो । सङ्कलित रकम ति बालकहरूको पढाइका लागि खर्च गर्ने वडा अध्यक्ष धर्मराज जैशीले बताए । पाँच वर्षअघि आमाको मृत्यु भएपछि बुवा मङ्गलले अर्को बिहे गरेर भारत तिर गएपछि बालकहरू बेसहारा बनेका हुन् ।

अन्य

भिडियो