INSEC Online

📅 २०८३ जेष्ठ २१

विश्वकर्मालाई रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले भदौ १ गते अदाल परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले गिरफ्तार गरेको हो । ‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो ।’-परिसरका डिएसपी मोहन थापाले सञ्चारकर्मीलाई बताए ।

यसअघि उनका छोरा नरेन्द्रबहादुरले उनलाई गैर कानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सोही रिटको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो ।

अन्य

भिडियो