INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोदावरी नपा–९ का ३० वर्षीय दिपेन्द्र नेपालीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले साउन ३१ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेपछि सोही दिन अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो