INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका प्रधानाध्यापक यमबहादुर क्षेत्रीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

साउन ३१ गते कक्षा कोठामा पढाउने क्रममा यौन दुर्व्यवहार गरेको तथा यसअघि पनि पटकपटक ती बालिकालाई दुव्र्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ ।

घटनापछि पीडित पक्षले प्रहरीलाई खबर गरेको र कक्षा कोठाका अन्य साथीहरूले प्रहरीमा सोही अनुसार बयान दिएकाले उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय, रामपुरका इन्स्पेक्टर भोजराज पाण्डेले बताए ।

पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो