INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हवल्दारको कुटाईबाट गम्भीर घाइते भएको पीडित पक्षको आरोप

खाँडाचक्र नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्र परियारले भदौ १ गते निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
महिला तथा बालबालिका कार्यालय कालिकोट नजिकै घर भएका दमाईलाई आफ्नो हित विपरीत काम गरेको आरोपमा प्रहरी हवल्दार परियारले निर्घात कुटपिट गर्दा दमाई गम्भीर घाइते भएका हुन् ।
प्रहरी हवल्दार सधैँ सादा पोशाकमा आउने गरेका र एक महिलासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएकाले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
घटनापछि आरोपित प्रहरी हवल्दार फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरज चौलागाईँले बताएका छन् । घाइते दमाईको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।

अन्य

भिडियो