INSEC Online

📅 २०८३ जेष्ठ २१

‘तलाक’ दिँदै घर निकालामा परेकी पीडितद्वारा प्रहरीमा उजुरी

बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार ‘तलाक’ दिँदै घरबाट निकाला गरेपछि पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् ।

भदौ ९ गते गाउँका केही महिला र पुरुष घरमै बोलाएर पतिले उनीहरूको सामुन्ने नै तीन पटक ‘तलाक’ भनेर मुस्लिम परम्परा अनुसार घरबाट निकालेको पीडितले बताइन् ।

घरनिकाला गरेपछि हाल १० वर्षीय छोरो, नौ र पाँच वर्षीया छोरीसहित भारतको सितामढी जिल्लाको कन्मा गाउँ स्थित माइती घरमा शरण लिएर बसेको पीडितले बताइन् ।

यसअघि पनि पतिले कुटपिट गरी मानसिक तथा शारीरिक यातना दिए पछि महिला तथा बालवालिका सेवा केन्द्रमा निवेदन दिँदा भदौ ६ गते दुवै पक्षबीच मिलापत्र भएको पीडितको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले ‘तलाक’को कुनै कानुनी मान्यता नभएको र यस घटनाकी पीडित महिलालाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताए ।

मुश्लिम समुदायमा तीन पटक ‘तलाक’ भनेपछि सम्बन्ध बिच्छेद हुने सामाजिक परम्परा रहेको छ ।

अन्य

भिडियो