INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला घोराही उपमहानगरपालिका–१४ की २३ वर्षीया सोनी बिकलाई सार्वजनिक स्थलमा ‘अपशब्द’ बोलेर जातीय विभेद गरेको आरोपमा प्रहरीले झिमरुक गाँउपालिका–७ का ६० वर्षीय दुजमान रोकालाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १० गते ‘त डङ्गरेनी मातेकी कमिनी’ भन्दै अपशब्द प्रयोग गरी गालिगलौज गरेको आरोपमा पीडित महिलाले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितलाई साउन २३ गते घरबाट गिरप्mतार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले बताए ।

पीडित महिला झिमरुक गाँउपालिका–७ मा रहेको स्वास्थ्य चौकीको अहेव पदमा कार्यरत रहेको इन्स्पेक्टर सुवेदीले बताए ।

अन्य

भिडियो