नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले साउन २२ गते ज्यान मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
गोरखापत्र दैनिकमा ‘सूचना दिन मान्दैनन् स्थानीय सरकार’ शीर्षकको समाचार साउन १५ गते छापिएको थियो । सोही समाचारको विषयमा गाँउपालिका अध्यक्षका स्वाकीय सचिव समेत रहेका बुढा क्षेत्रीले पत्रकार भट्टराईलाई सामाजिक सञ्जालबाट मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
बुढाले सामाजिक सञ्जाल फेसबुकमा अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कालिकोटमा उजुरी दिएका छन ।
उजुरी दिएपछि कालिकोटका प्रमुख जिलला अधिकारी चन्द्रबहादुर कार्कीले पत्रकारलाई धम्की दिने आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर आवश्यक कारबाहीको लागि पहल गर्ने बताएका छन् ।