INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा प्रहरीले कञ्चनरूप नपा–९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई साउन २० गते गिरफ्तार गरेको छ ।

आरोपितलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणलगायतका आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

पाँच महिनाकी गर्भवती बालिकासँग काठमाडौँ गएर विवाह गर्ने बहानामा गाउँ बाहिर सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर ‘जबरजस्ती गर्भपतन’ गराएको पीडित बालिकाले बताइन् ।

गर्भपतन गराएपछि रक्तश्राव नरोकिँदा उनको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भएको छ ।

आरोपितले पछि विवाह गर्ने शर्तमा आपसी सहमति गरेर नै गर्भपतन गराएको बताए । आरोपितका अनुसार पछि विवाह गर्ने सुनिश्चितताका लागि हाल आफ्नो परिवारको नाममा रहेको जम्मा एक कठ्ठा जग्गा उनको नाममा रजिष्ट्रेशन गर्ने शर्त नमानेकै कारण ‘प्रेमिका’ले उजुरी गरेको बताए ।

अन्य

भिडियो