INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रवती गाउँपालिका–१ का ४० वर्षीय धनबहादुर भारतीलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले असार १५ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण नवलपुर स्वास्थ्य चौकीमा असार १५ गते गरिएको प्रहरीले जनाएको छ ।

पीडित फरार भएकाले लुकिछिपी बसेको स्थान पत्तालगाएर गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण के सी ले बताए ।

अन्य

भिडियो