मोरङको सुनवर्षा नगरपालिका–१ घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा बस्ने १७ वर्षीय बालक सागर चापगाईँलार्ई ४० वर्षीय बावु डिल्लीराम चापगाईँले चुप्पी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको ।
सागरलाई सुतिरहेको अवस्थामा हत्या गरी फरार रहेका आरोपित बावुलाई प्रहरी मध्यराति गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए । घरायसी विवादका कारण हत्या भएको हुनसक्ने एसपी श्रेष्ठले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।