INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–२७ की ५५ वर्षीया सुन्तली कुमाललाई गैँती प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति कमल कुमाललाई साउन १४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा साउन १४ गते दिउँसो कुमालले पत्नीलाई गैँती प्रहार गर्दा पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए ।

गुरूङका अनुसार कुमालले मादक पदार्थ सेवन गरी दिउँसो करिब २ बजे पत्नीलाई गैँतीले प्रहार गरेका थिए । गैँती प्रहारबाट घाइते भएकी सुन्तलीको सामुदायिक अस्पताल शिशुवामा उपचारका क्रममा करिब साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपित कुमाललाई घटना लगत्तै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अन्य

भिडियो